टाइगर कप भोलिदेखि, इसेवाबाट टिकट काट्न सकिने
काठमाडाैं | माघ ११, २०८१
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगिताको पहिलो खेल बिहान १० बजेबाट सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुने एक विदेशी टोली आउन ढिलाई भएका कारण ट्राईसिट निकाल्न ढिलाई भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।
भारतको सुनिल भलिबल क्लब आउन ढिलाई हुँदा ट्राई सिट बनाउन ढिलाई भएको हो । ट्राईसिट आजै सार्वजनिक हुने प्रतियोगिता संयोजक ज्ञवालीले बताए ।
प्रतियोगिताको उद्घाटन खेल भने दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । उद्घाटन खेल महिलातर्फ आयोजक टोलीले खेल्नेछ । अरुणा शाहीको कप्तानीमा रहेको आयोजक टोलीमा ल्याइल्याण्डका ३ खेलाडी अनुबन्ध भएका छन् । विपक्षी टोलीको भने टुंगो लागेको छैन । पहिलो दिन ३ खेल हुनेछन् ।
प्रतियोगितामा २ विदेशी टोलीसहित ६–६ टोलीले सहभागिता जनाएका छन् । विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता हुँदैछन् ।
महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । यसपालि आयोजकले छुट्टै महिला टिम सहभागी बनाएको छ । प्रतियोगितामा सहभागी हुन अधिकांश टोली पोखरा आइसकेका छन् । शनिबारबाट सुरु हुने पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको खेल हेर्नका लागि अनलाइनबाट टिकट काट्न सकिनेछ । इसेवामार्फत अनलाइन टिकट काट्न सकिने आयोजकले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

